Sunday, May 31, 2026

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले थुनुवालाई यातना दिने प्रहरीलाई कारबाही गर्ने बताएका छन् । सोमबार तामाङ र मगर समुदायका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले हिरासतमा राखिएका थुनुवालाई यातना दिने प्रहरीलाई कारबाहीको दायरामा ल्याइ छाड्ने बताएका हुन् ।

ताजा / भरखरै प्राप्त

यही साउन १७ गतेका दिन मगर, तामाङ र शेर्पा समुदायको विवाह सम्बन्धबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै काठमाडौं प्रहरी परिसरमा धर्ना दिन पुगेका तामाङ र मगर समुदायका अगुवाहरुमाथि दमन गरेर केहीलाई पक्राउ गरेका थिए ।

त्यसरी पक्राउ परेकालाई हिरासतमा राखेर परिसर प्रमुख दानबहादुर कार्कीको निर्देशनमा प्रहरीले चरम र अमानवीय तवरले यातना दिएको भन्दै यातना दिने घटनामा संलग्न प्रहरी र निर्देशन दिनेमाथि कारबाही गर्न माग गर्दै आज मन्त्री श्रेष्ठलाई तामाङ घेदुङ र मगर संघले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझेपछि संक्षिप्तमा बोल्दै मन्त्री श्रेष्ठले घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र संलग्न प्रहरी र यातना दिन निर्देशन दिने अधिकारीलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने बताए । साथै उनले यातनाबाट घाइतेको निःशुल्क उपचार गर्ने समेत आश्वासन दिए । यातनाबाट ३० जनाभन्दा बढी थुनुवा घाइते भएको पीडित पक्षको भनाइ छ । धर्नाका बेला पक्राउ परेकाहरू जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका थिए ।

यस्तै समुदायको संस्कृति र परम्पराविरुद्ध विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई प्रहरीले कारबाही नगरी छाडेको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएका पाण्डेलाई सोही दिन टेकुले नियन्त्रणमा लिएपनि अभिव्यक्तिप्रति माफी मागेको भन्दै हाजिर जमानीमा तत्काल छाडेको थियो ।

त्यसपछि पीडितहरु झनै आक्रोशित बनेका हुन् । आफूहरूलाई बिनाकारण पक्राउ गरी गैर न्यायिक हिरासतमा राखेर पुरुष र महिलालाई संवेदनशील अंगमा चरम यातना दिएको भन्दै तामाङ र मगर समुदायले आज दिउँसो माइतीघर मण्डलादेखि नयाँ बानेश्वरमा परिसरको हिरासतमा यातना दिने प्रहरी र यातना दिन निर्देशन दिने प्रमुख दानबहादुर कार्कीलाई कारबाहीको माग गर्दै वृहत् प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले दोषी प्रहरीलाई कारबाही गर्ने भनी गृहमन्त्रीले दिएको वाचा कार्यान्वयन नभए संसद र सडक तताउने चेतावनी दिएका छन् । प्रदर्शनमा सयाैं संख्यामा जनजाति समयका महिला, पुरुष सहभागी थिए ।

यो पनि पढ्नुहोस

काठमाडौं प्रहरी प्रमुख कार्कीविरूद्ध जनजातिको व्यापक प्रदर्शन, थुनुवालाई चरम यातना दिएकाे आराेप

नेपाल प्रहरी
94
Shares
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing button

नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
काठमाडौं प्रहरी प्रमुख कार्कीविरूद्ध जनजातिको व्यापक प्रदर्शन, थुनुवालाई चरम यातना दिएकाे आराेप
काठमाडौं प्रहरी प्रमुख कार्कीविरूद्ध जनजातिको व्यापक प्रदर्शन, थुनुवालाई चरम यातना दिएकाे आराेप
साउन २२, २०८० सोमबार

औषधिको पोकाबाट ७ तोला सुन बरामद
औषधिको पोकाबाट ७ तोला सुन बरामद
साउन २२, २०८० सोमबार

भ्रष्टाचारीलाई छोडदिन भन्ने गृहमन्त्रीकै सचिवालयले उठायो प्रहरीको लेखापाल सरुवामा करोडौं रकम !
भ्रष्टाचारीलाई छोडदिन भन्ने गृहमन्त्रीकै सचिवालयले उठायो प्रहरीको लेखापाल सरुवामा करोडौं रकम !
साउन २१, २०८० आइतबार

नेपालबहस ट्रेन्डिङ
घुस लिएको भिडियो भाइरल भए पछि दुई प्रहरी निलम्बनमा
घुस लिएको भिडियो भाइरल भए पछि दुई प्रहरी निलम्बनमा
नेपालबहस संवाददाता

साउन २१, २०८० आइतबार

सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
नेपालबहस संवाददाता

साउन २२, २०८० सोमबार

प्रहरीका फूटबल खेलाडीबीच कुटाकुट हुँदा एक जना सख्त घाइते
प्रहरीका फूटबल खेलाडीबीच कुटाकुट हुँदा एक जना सख्त घाइते
नेपालबहस संवाददाता

Previous article
१५७ किलो गाँजासहित ७ जना पक्राउ:-बारा । बारा प्रहरीले १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं २२ स्थित अमलेखगञ्जको जंगलबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भीमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्दिन खान, १८ वर्षीय देव कुमार, ३५ वर्षीय जागिरद्दिन मियाँ, भारत बहराईचका २६ वर्षीय अहमद भाट छन् ।उनीहरुको साथबाट बा११च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।प्रहरी उपरीक्षक बोगटीका अनुसार नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्काे पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौंडाबाट गाँजा ल्याएको प्रहरी उपरीक्षक बोगटीले बताए । नेगीलाई नियन्त्रणमा लिएपछि प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडी र मोटरसाइकलमा गाँजा लिन आएका व्यक्तिलाई जंगलभित्रैबाट पक्राउ गरेको हो ।घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको प्रहरीले उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक बोगटीले गाँजा ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए । पक्राउ परेका व्यक्तिमाथि लागूऔषध मुद्दामा कारबाही गरिने उनले जानकारी दिए ।साभार।
Next article
जमुनाहा नाकामा गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली ????????????राँझा, सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ। नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ। सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले १० बज्नुअगावै सीमानाका पुग्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा हुने दुर्घटनामा परेर नेपालीले ज्यान गुमाउने गरेका छन्।शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको ।शव लिन घटनास्थल भारतको श्रावस्ती पुगेर फर्केका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं स्थानीय अगुवा नन्दलाल वैश्यले राति १० बजेनै जमुनाहा नाकामा पुग्न तीव्र गतिमा गाडी चलाउँदा सडकमा गाईसँग ठोक्किएर दुर्घटना भएको पाइएको बताए।उनका अनुसार सीमा बन्द भएपछि रुपैडियामा बस्नुपर्छ भनेर गाडी तीव्र गतिमा आउँदै थियो। १० बजे सीमानाका बन्द हुनुअघिनै जमुनाहा पुग्छौँ भनेर परिवारलाई खबर गरेका थिएँ तर, सडकमा गाईसँग ठक्कर खाएपछि दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका छ जनाको दुःखद् निधन हुन पुग्यो।भारतका विभिन्न सहरबाट नेपालगञ्ज आउने राति १० बजेअघि नै जमुनाहा पुग्ने दबाबमा तीव्र गतिमा गाडी चलाउने गरेको वैश्यले बताए। भारतका विभिन्न सहरबाट रुपैडिया आउने गाडीले राति ल्याएर छोड्दै धेरै जना नेपाली सीमामा लुटिने गरेका छन्।श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँएर भएको गाडी दुर्घटनामा परी नेपालगञ्ज–११ सदरलाइन निवासी ३५ वर्षीय वैभव गुप्ता, उनकी पत्नी ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको निधन भएको थियो।शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहनुभएकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो। एकै परिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन्। दुर्घटनामा ज्यान गुमाएका छ जनाको शव नेपालगञ्ज ल्याएर आइतबारनै दाहसंस्कार गरिएको छ। आइतबार साँझ नेपालगञ्जको समसानघाटमा दाहसंस्कार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।दाहसंस्कारमा हजारौँ नगरवासी सहभागी भएका थिए । घटनाको जानकारी पाएसँगै शनिबार रातिदेखिनै सदरलाइन त्रिभुवनचोक क्षेत्रमा स्थानीय सर्वसाधारणको भीड लागेको थियो।रासस
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles