Sunday, May 31, 2026

पर्सा प्रहरीद्वारा भन्सार गहुँसहित छलीको सामान बरामदवीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका सामानहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रिपुर प्रहरी टोलीले ८ लाख भन्दा वढिको मालसमान प्रक्राउ गरेको हो।प्रहरीले ग्रिज १ काटुन, मोबिल १२ पिस चिनी २० किलो दरी १ थान गरी १ लाख १० हजार २ सय त्यासै गरी टेप्सा धाराको नल २ सय २० पिस, धारा सेट ४४ पिस र कपडालता गरी ७ लाख ५० हजार बराबरको मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

ताजा / भरखरै प्राप्त

बरामद गरीएको मालसामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाईएको गिरीले जानकारी दिनुभयो ।भारतबाट भन्सार छलेर ल्याइएको गहुँसहित पर्सा प्रहरीले दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरबाट मे १ त ४८४८ र ना २ त ४५६८ नम्बरको गहुँ लोड रहेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गहुँको बजार मूल्य २४ लाख ५० हजार रुपैयाँ बराबर छ।आवश्यक कारबाहीको लागि गहुँसहित ट्र्याक्टरलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएपी दीपक गिरीले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles