Wednesday, April 22, 2026

पुर्ब प्रहरी संगठन ७ प्रदेस, ७७ जिल्ला र १५० स्थानिए इकाइका

ताजा / भरखरै प्राप्त

बसन्त कुवंर
पुर्ब प्रहरी संगठन अब जिल्ला तह सम्म त देस ब्यापी भै सकेको छ र स्थानिए तहमा करीब २५ % मा खुली सकेको छ ।एक बर्ष भित्र ५०% पुर्याइने छ । संगठन बिस्तार गर्नु नै केन्द्रकको निती छ र केन्द्रको काम खुलेका इकाइ हरुलाइ हाम्रो संस्था भएको आधीकारीक प्रमाणपत्र दिएर अनुसासन र मर्यादा भित्र राख्नु हो ।श्रोत दीनु होइन। केन्द्र बाट आधिकारीक प्रमाणपत्र पाए पछी सो संगठन नेपाल पुर्ब प्रहरी संगठन कहलीने छ र त्यो थलो पुर्ब प्रहरी हरु भेला जम्मा हुने थलो बन्ने छ ।त्याहा बिधान अनुसार निर्बाचन भै काम गर्ने टिम बन्ने छ र त्यो टीमले स्थानिए सरकार संग समेत श्रोत जुटाइ सामाजीक, कल्याणकारी र कार्यालए भबन हरु बनाउने काम गर्ने छ ।यो स्वएम सेबक भै सेबा गर्ने थलो हुने छ । यो ठुलो संख्याको पुर्ब प्रहरी हरुको समुह लाइ आफ्ना हितमा र देसका हितमा कसरी लगाउने ? त्यो केन्द्रको सरोकार हुने गर्दछ र प्रहरी संगठनले पनी राम्ररी योजना गर्न सके “ पुर्ब प्रहरी संगठन बाट प्रहरी कार्यमा ज्यादै ठुलो सहयोग लीन सक्छ “। तर यस कामका लागी बहाल र पुर्ब प्रहरी ले MOU नै बनाइ योजनाबद्ध रुपमा काम गर्नु पर्दछ ।केबल एउटाले अर्कोलाइ सलाम गरेर मात्र यो काम हुन सक्तैन। नेपाल पुर्ब प्रहरी संगठन ज्यादै ठुलो भै सकेकोले अनुसासन भित्र राख्न र निरन्तर काम गर्ने हरु मात्र माथि जान सक्ने बनाउन , क्याडरीडं सीस्टम लागु भै सकेको छ । अब आजीबन सदस्य भए पछी मात्र संगठनको औपचारीक पदमा पुगीने छ र सबैले या त स्थानिए इकाइ बाटै चुनाब जिती पदाधीकारी हुनु पर्ने छ की चुनाब जितेका केन्द्र देखी स्थानिए तह सम्मका पदाधीकारी हरुले कसैलाइ आबस्यक देखी मनोनीतमा ल्याउनु पर्ने छ ।सिधा र योगदान बिना कोही नेत्रीत्वमा आउन सक्ने छैनन् । बीना योगदान पुर्ब पद देखाएर कोही पनी पुर्ब प्रहरी संगठनका कुनै पनी तहका पदाधीकारी हुन सक्तैनन् र यस्का लागी पुर्ब प्रहरी संगठनमा आइ काम गर्नै पर्ने छ । मेरो बिचारमा अब छिट्टै पुर्ब प्रहरी संगठनका राष्ट्रीए अध्यक्ष पुर्ब प्रहरीका तलकै दर्जा बाट हुनु हुने छ किनकी वॉहा हरुको संख्या पनी ठुलो छ र सक्रीयता पनी । नेपालमा धेरै पुर्ब प्रहरी का नाममा संगठन हरु खुलेका छन् र भबिश्यमा अरु पनी खुल्ने छन् तर पुर्ब प्रहरी संगठनले आफै माइनुट गरी समर्थन गरी खुलाएको संगठन बाहेक अन्य कोहि संग पनी एकीकरण गर्ने छैन कीनकी यस कार्यले पुर्ब प्रहरी संगठन आफै बिभाजीत र कमजोड हुने छ । संगठन पनी अस्थीर हुने छ । तर यंही आइ काम गर्न भने सबैलाइ हार्दीक अनुरोध गर्ने छ ।अरु खुलेका हरुको पनी यस संगठनले सम्मान नै गर्ने छ कीनकी यो प्रजातन्त्रमा अधीकार हो । पुर्ब प्रहरी संगठनमा काम गर्दा पुराना दर्जा बिर्षिएर तल्ला पुर्ब प्रहरीको हितमा लाग्नु पर्दछ ।सैंयौ संख्याका उच्च पुर्ब अफीसर हरु यस संगठनको पदाधीकारीमा अटाउन नसक्ने हुदा हामीले छुट्टै “ पुर्ब प्रहरी अधिक्रीत क्लबको “ कल्पना गरेका छौं जॉहा सिनीएर पुर्ब प्रहरी महानिरीक्षक ज्यु अध्यक्ष हुनु हुने छ र वॉहा हरुले “ पुर्ब प्रहरी संगठन मार्फत तल्ला पुर्ब प्रहरी हरुको हितमा योजना र श्रोत दिनु हुने छ ।वॉहा हरुको काम पुर्ब प्रहरी संगठन लाइ मद्दत गर्ने हुने छ ।

Previous article
पर्सा जिल्ला को बिरगंजमा साउन २६ गते – सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रास्ट्रपति चूरे तराई मधेश सरंक्षण विकास समिति भरतपुर चितवन र ग्रीन सिटी समुदायिक प्रहरी सेवा केंद्र आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केंद्र छपकैयाकाे विशेष सहयोगमा वीरगंज महानगरपालिका वडा नम्बर ०२ छपकैया स्थित ब्रहृकुमारी राज याेग सेवा केन्द्र विश्व दर्शन भवन (ओम शान्ति) जाने बाटोमा विभिन्न किसिमका उन्नत जातका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायव उपरीक्षक दिपक गिरीको प्रमुख आतिथ्य र ग्रीनसिटी सामुदायिक सेवा केंद्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा विभिन्न सरकारी गैर सरकारी संघ संस्था, समाजसेवी, नागरिक समाज तथा सञ्चारकर्मी हरुको उपस्थितीमा म्यागोसितिक थान ८०, बेलपत्र थान २५ र कलकी थान ४५ गरी जम्मा १५० थान बिरुवाहरु रोपियो ।वडा प्रहरी कार्यालय बिर्ताका प्र ना नि रविन्द्र साह तुरहा , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का प्र. स.नि. इन्दिवर चौधरि , नारायणी अस्पताल वीरगंजका डा. अजित साह मुकेश कुमार शरार्फ सामुदायिक प्रहरी सेवा केंद्र छपकैयाका अध्यक्ष हाजि ग्यासुदिन ठकुराई समाजसेवी किरण अग्रवाल मञ्जु देवी कदबिया दीपा शर्मा, बिजय कुमार साह ग्रीन सिटी समुदायिक सेवा केन्द्र सचिव मुर्लि जलान रतन टेमानि सदस्य चन्द्र अग्रवाल त्रिलोचन दारुका, राकेश अग्रवाल सुशिल कादमिया,ओमशान्तिका ब्रहृम कुमार गोवर्धन चौधरी वडा न.२ का पुर्व वडा सदस्य मुस्तफा अंसारी सन्चारकर्मि अजित कुमार भुजेल प्रहरी हवल्दार प्रेम राम ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर प्रहरी जवान बिबेक पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles