Saturday, April 19, 2025

तस्करी गरेको पुष्टि भएपछिमहोत्तरी । महोत्तरी जिल्लाको सबैभन्दा बढी तस्करी हुने नाकाको रूपमा सम्सी नाका चिनिन्छ । यो नाका तस्करीको कारण नै जादै बदनाम हुने गर्दछ । तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर यो नाकाबाट दैनिक लाखौं लाखका सामान चोरी तस्करी गरेर भित्र्याउने गर्दछन । यहाँको तस्करी सन्जाल र सुरक्षाकर्मी एवं तस्करको मिलिमतोको बारेमा नवजनप्रहार साप्ताहिकले बारम्बार समाचार प्रकाशित गर्दै आइरहेको थियो ।प्रकाशित समाचारलाई आधार बनाएर सशस्त्र प्रहरी बल मधेस प्रदेश स्थित बाहिनी मुख्यालय महोत्तरीले छानबिन गरेको थियो । उक्त छानबिनका क्रममा सम्सी स्थित बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हिमालय सुवेदी देखि त्याहां कार्यरत सबैको कुनै न कुनै रूपमा संलग्नता देखिएपछि बाहिनीले परिचर समेतको सबै सेट नै परिवर्तन गरेको छ । तानिएका सबैलाई महोत्तरी गण र बाहिनीमा थन्क्याइएको छ । सम्सीमा सशस्त्र प्रहरी निरीक्षक टिकाराम मैनालीको नेतृत्वमा परिचर सम्मको नयाँ टोली पठाएको छ । पुरै सेट नै परिवर्तन गरिएको कुरालाई बाहिनीपति डिआइजी दिपेन्द्र शाहले पुष्टि गरे। यो नाकाबाट कपडा र किराना सामानको ठूलो मात्रामा तस्करी हुँदै आएको थियो । नयाँ निरीक्षक गएपछि अहिले तस्करी भने रोकिएको छ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles