Saturday, April 19, 2025

गत आइतबार मुस्ताङको कागबेनीमा आएको बाढीले बस्ती बगाउँदा पुरिएको घरका सरसामान खोज्ने क्रममा बैंकको पैसा भेटिएको छ ।

ताजा / भरखरै प्राप्त

बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा सेना, प्रहरी र स्थानीयले गेग्रान पन्छाउने क्रममा आज प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोडभन्दा बढी रकम फेला परेको हो ।

प्रभु बैंक र इन्भेष्टमेन्ट मेगा बैंकको रकम लकरमा फेला परेको छ । बाढीले दुवै बैंकको शाखा भएको घरलाई क्षति पुर्याएको थियो । इन्भेष्टमेन्ट मेगाको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ र प्रभुको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

स्थानीयको धन सम्पत्ति पुुरिएको विवरणमा आधारमा लेदो र गेग्रान पन्छाउने काम भइरहेको केसीले बताए । बाढीका कारण अवरुध भएको खानेपानी बिजुली नियमति भइसकेको पनि उनले बताए ।

प्राकृतिक प्रकाेप

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles