Sunday, April 20, 2025

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको दैनिक १० किलो आयात कोटा बढाउन नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । चाडबाड नजिकिएसँगै बजारमा सुनको माग बढ्ने भएकाले आयात कोटा बढाउन व्यवसायीहरुले माग गरेका थिए । व्यवसायीको माग अनुसार सरकारले सुनको दैनिक आयात कोटा थप १० किलो बढाउन राष्ट्र बैंकलाई पत्र पठाएको हो ।

ताजा / भरखरै प्राप्त

चाडबाडलाई दृष्टिगत गरी दैनिक आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्याउन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । एक साता अघि उद्योग मन्त्रालयलमा मन्त्री रमेश रिजाल र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिबिच कोटा बढाउने सहमति गरेको थियो । कोटा बढाउनकै लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्र पठाएको हो ।

राष्ट्र बैंकले सुन आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिएको छ । वाणिज्य बैंकले दिनको १० किलो सुन आयात गर्दै आएका छन् । वाणिज्य बैकहरूले थप १० किलो सुन आयातका लागि राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्छ । त्यसका लागि राष्ट्र बैंकमा पत्र पठाएको हो । सुनको आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्याएपछि बजारको माग धान्न केहि सहज हुने व्यवसायीको भनाइ छ ।

यता, व्यवसायीले सुनको आयात कोटा बढाउन माग गरिरहँदा बैंकमा हरेक महिना सुन थुप्रिएको छ । वाणिज्य बैंकमा सुन थुप्रिएपछि गत आर्थिक वर्षको चैत र असारमा सुन आयात नै नभएको नेपाल बैंकर संघको भनाइ छ ।

सुन आयात

Previous article
Next article
साइकल नबुझाइकन प्रति माेटर साइकल २० हजारको दरले बार्गेनिङभिश्वाबाट तस्करी गर्न लागेको बियर – मदिरा बरामदबिरगंज । पर्साकाे भिश्वा नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेको छ । यहाँको तस्करीकाे बारेमा नवजनप्रहार साप्ताहिकले बारम्बार समाचार प्रकाशित गरिरहेकाे छ । भदो २२ गते साझ ५ बजेको समयमा पर्साको भिस्वा नाकाबाट तस्करी गर्न लागेको २४ काटुन कैन बियर र १४ काटुन कस्तुरी मदिरा नेपाल प्रहरीले बरामद गरेको छ। पटक पटक तस्करीको सामान नेपाल प्रहरीले बरामद गरेको छ।भिश्वाबाट तस्करी गर्न लागेको मदिरा बोकेका भारतीय नम्बर ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ। मोटरसाइकलमा लोड रहेको चटिको बोरामा बानेर राखेको रातो रंगको पल्सर , अर्को अपाचे रंगको बुल्लु र अर्को कालो रंगको एसपेलेन्डर मोटरसाइकलमा लोड रहेको केन बियर र कस्तुरी मदिरा बरामद भएको छ ! नेपाल प्रहरीले तस्करीकाे सामान वरामद गरेर भन्सार बुझाए पनि सामान सहित वरामद भएका माेटरसाइकल भने अझै भन्सार बुझाएको छैन । जबकि उक्त माेटर साइकलमा नै बियर र रक्सी वरामद भएको थियो । सामान भन्सार बुझाएर माेटर साइकल नबुझाइकन प्रति माेटर साइकल २० हजारको दरले बार्गेनिङ भैरहेको समेत थाहा भएको छ। यस सम्बन्धमा इप्रका पाेखरियाका प्रहरी निरीक्षकलाई प्रश्न गर्दा उनले आंफुले यस बिषयमा बुझ्ने बताए ।छिपहरमाई गाउँपालिका वडा नं ५ को प्रहरी चाैकि भिश्वाको गस्ती टोलीले बियर र मदिरा समातेको हो । सशस्त्र प्रहरीकाे भिश्वाकाे सई र बिअाेपीका प्रहरी निरीक्षकलाई मिलाएर तस्करी गर्न लागिएको सामान प्रहरी चाैकि भिश्वाको गस्ती टोलीले बरामद गरेको हो । उक्त मदिरा भारत सिक्टा घर भएका बब्लु सिहंकाे भएको पनि खुलेको छ।साेमबार राति भारत तर्फ तस्करी गर्न लागिएको अवस्थामा झण्डै ६ लाख बराबरको सामान नेपाल प्रहरीले बरामद गरेको थियो । सशस्त्र प्रहरीलाई मिलाएर तस्करी गर्न लागिएको सामान नेपाल प्रहरीकाे प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरीलाई सुचना आएपछि उनीहरूले इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरीक्षकलाई जानकारी गराएपछि पाेखरियाकाे टाेलीले उक्त सामान बरामद गरेको थियो । भिश्वा बजारको लागि भनेर बिरगंजबाट सामान लैजाने र भिश्वा लगेपछि भारतीय नागरिक पप्पुले उक्त सामानको तस्करी गर्दै आइरहेका छन् । तस्करी गराउन सशस्त्र प्रहरीले लाइन दिएको समेत स्थानीय व्यवसायी बताउँछन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles