Sunday, October 19, 2025

सुन प्रकरणमाअमला रोकासहित ५० प्रतिवादी

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । त्यसअघि सीआईबीका एसपी कृष्ण पंगेनीले अनलाइनखबरसँग कुरा गर्दै अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका हुन् ।अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles