Sunday, March 16, 2025

महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले परीक्षा गार्ड विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोप लगाउँदै त्रिविका गाडीमाथि आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका हुन् ।

ताजा / भरखरै प्राप्त

मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको आरोप उनीहरुको छ । मंगलबार भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहान ५ बजे क्याम्पस परिसरमा रहेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रकको गाडीमा आगो लगाएका हुन् ।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार २०७८ मंसिरमा सम्पन्न परीक्षामा सिम्बोल नं. ६०००३००८२ रहेकी सन्ध्या कायस्थले लेखेको मानविकी संकायको स्नातक तहको पहिलो वर्षको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकासँग साटेको पाइएको छ । नतिजा आउँदा रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएकी थिइन् ।

उत्तरपुस्तिका साटेको विषय क्याम्पस प्रशासनलाई जानकारी गराएपनि सुनुवाइ हुन सकेको छैन । नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनःपरीक्षा लिएको थियो । दुई दिनमा रिजल्ट आउने भन्दै गत बैशाखमा लिएको परीक्षाको रिजल्ट आएको अझै आउने टुंगो छैन ।

शिक्षा
काेशी प्रदेश

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles