Saturday, March 15, 2025

शिक्षा विधेयकको विरोधमा शिक्षकहरु दोस्रो दिन पनि आन्दोलित

ताजा / भरखरै प्राप्त

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् ।काठमाडौंको माइतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।
उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।

Previous article
Next article
आज मिति २०८०,साल असोज ५ , गते – जिल्ला प्रहरी कार्यालय पर्सा को च.नं ५६७०, मिति २०८०,६, १,को पत्र बाट जि.प्र.का.पर्सा का प्रमुख प्र. उ. कोमल शाह ज्यु को निमन्त्रणामा यश पर्सा जिल्ला मा रहेको सम्पुर्ण पुर्ब प्रहरी कर्मचारी परिषद् र पुर्व प्रहरी संगठन को संयुक्त पुर्ब प्रहरी को अन्तरक्रिया कार्यक्रम राखिएको अवसरमा निम्न अनुसारको उपस्थिति रहेको र निम्न अनुसार को निर्णय भएको उपस्थिति मा जग्गा सम्बन्ध मा बिबादा भएको छ! – – – पुर्व प्रहरी संगठन र पुर्ब प्रहरी परिषद् को पहिलोपटक जिल्ला प्रहरी कार्यालय जग्गा र अफिस बनाउने को लागी केही बिबादास्पद सम्पन भएको छ,! —————- पर्सा जिल्लामा! ——————————— आज मिति :- २०८०/०६/०५/ गते – बिहान ८:३० बजे , मधेश प्रदेश को जिल्ला पर्सा क जिल्ला प्रहरीकै बिरगंज पर्साको प्रागणमा सम्पन्न भएको छ,! नेपाल पुर्व प्रहरी संगठन र पुर्ब प्रहरी परिषद को जिल्ला कार्य समिति बिरगंज पर्साको प्रथम जिल्ला सम्मेलन सम्पन्न गरिएको छ, !! प्रमुख अतिथि हरूको रोहबर मा हामी पुर्ब प्रहरी विभिन्न जिल्ला बाट आएको संख्या १५० जना को संख्यामा उपस्थिति रहेको थियो,! आयोजक नेपाल पुर्ब प्रहरी संगठन र पुर्ब प्रहरी परिषद् को हामी पुर्ब प्रहरी पर्सा परिवार को तर्फबाट???????? जयनेपाल ????????धन्यबाद????????
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles