Tuesday, October 22, 2024

सिरहा जिल्लाबाट पास भई तस्करीका सामान बाहिर जिल्लाबाट पटक –पटक बरामद भएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीका एसपी र डीएसपी छानविनमा तानिएका छन् । सशस्त्र प्रहरी बल नेपाल ७ गण सिरहा सिरहामा कार्यरत सशस्त्र प्रहरीका एसपी प्रमोद भारती र मार्डर बीओपीका डीएसपी रामहरि खड्का छानविनमा परेका हुन् ।

ताजा / भरखरै प्राप्त

राजश्व अनुसन्धान कार्यालय इटहरीले शनिबार बिहान सिरहा नगरपालिका १५ सुखचैनाबाट झन्डै ५० लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी मुख्यालयले सिराहका एसपी र डीएसपीलाई तानेर छानबिन गर्न निर्देशन दिएको थियो । सशस्त्र प्रहरीका एसपी प्रमोद भारती र डीएसपी खड्काले तस्करसँगको मिलेमतोमा छाडेको कपडा राजश्वले बरामद गरेको हो ।

गत माघमा सिरहा पुगेका एसपी भारतीले भारतीय शहर जयनगरबाट तस्करी गरि ल्याएको कपडालाई छाडिदिएको स्रोतको दावी छ । शनिबार सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद भएको थियो । मधेश प्रदेशका डीआईजी दीपेन्द्र शाहले उनीहरूलाई वाहिनीमा तानेर छानबिन गरिरहेका छन् ।

सीमामा ठूलो परिमाणमा कपडा संकलन गरेर काठमाडौं ल्याउने तयारी भएको सूचनाका आधारमा कपडा बरामद गरिएको हो । खुला नाका भएकाले दशैंलाई लक्षित गरेर चोरी पैठारीबाट कपडा संकलन गरेर व्यापारीले ट्रकमा राख्ने तयारी गरेका बेला बरामद भएको हो । केही सामान भने बरामद हुनु अगावै ट्रकमा लोड गरेर अन्यत्र लान समेत उनै एसपी भारती सहयोगी बनेको स्रोतको दावी छ ।

एसपी भारतीकै सेटिङमा आएको कपडालाई मधेश प्रदेशबाट खटिएको विशेष टोलीले ८० लाख बराबरको अर्को पनि सामान बरामद गरेपछि उनीमाथि थप शंका गर्दै छानविन थालिएको हो । सिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट सोमबार साँझ करिब ८० लाख रूपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको थियो । भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट ( बीओपी ) लगडिगदियाले सो मूल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको थियो ।

स्थानीयवासीको तीन वटा गाई गोठको टहरामा लुकाई राखेको अवस्थामा ती कपडा बरामद भएका थिए । ती कपडा कहिले र के प्रयोजनको लागि कसले राखेको भन्ने खुल्न सकेको छैन । उनकै सहयोगमा बिहारमा मदिरा प्रतिबन्ध लगाइएपछि नेपालबाट मदिरा तस्करी गरी पठाउन सहजीकरण भएको थियो । सिरहामा सबैभन्दा बढी कजरा जिझौल, वरियापट्टी र नरगी नाकाबाट मदिरा वारपार गराउन उनले घुमुवा नै परिचालन गराएका थिए ।
सशस्त्र प्रहरी
तस्करी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles