Tuesday, October 22, 2024

सुरक्षा योजना चाडपर्व अवधिमा ६ हजार ४ सय प्रहरी परिचालन :

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश प्रहरी कार्यालयले मधेस प्रदेशका
८ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु
गरेको छ ।

दसैँ, तिहार र छठ पर्वमा मधेसमा ६ हजार ३९४ जनशक्ति परिचालित गरिने
मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरमा एउटा र ८ वटा
जिल्लामा एक–एक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ ।

यात्रुलाई सहजीकरण गर्न
पर्सा देखी सप्तरीसम्म ५३ ठाउँमा यात्रु सहायता कक्ष
स्थापना गरिएको छ ।
योजना अनुसार २१ वटा रिजर्भ टोली ‘स्ट्याडबाई’
राखिएको छ ।
अपराधजन्य गतिविधिको सूचना सङ्कलन गर्न सादा
पोसाकमा ३२ टोली परिचालन गर्ने प्रहरीको
योजना छ ।

लामो दुरीको सवारी साधन चेकजाँचका लागी १८ वटा टिम परिचालन
गरिएको छ ।
मापसे चेकजाँच गर्न ३८
वटा टोली परिचालन गर्नेगरी योजना लागु गरेका छौँ ।
मधेस प्रदेश प्रहरी कार्यालयले चाडपर्व केन्द्रीय सुरक्षामा कर्डन एण्ड सर्च अपरेशन सञ्चालन गर्न ११ वटा टिम
र तराईका १४ ठाउँमा एम्बुसिङ गर्नेगरी सुरक्षा
योजना लागु गरेको छ ।

धर्ना जुलुस हुनसक्ने आकलन गरेर मधेस प्रदेश प्रहरीले १८ वटा टिम परिचालन गर्न भएको छ । अन्य ४७ वटा सुरक्षाकर्मीको टिम परिचाल गर्नेगरी योजना लागु गरिएको छ ।

दसैँ–तिहार र छठ पर्व अवधिभर ४८ वटा मोटरसाइकलमा ‘क्विक
रेस्पोन्स टिम’ परिचालन गर्ने निर्णय गरिएको छ ।

ट्राफिक प्रहरी र स्थानीय प्रहरीले ११६ ठाउँमा संयुक्त चेकजाँच गर्नेछन् ।
१९ वटा स्ट्राइकिङ टिम बनाउने निर्णय
भएको छ ।

तराईका ८ जिल्लामा ३२५ ठाउँमा पिकेट ड्युटी राखिएको छ ।

राजमार्गमा हुनसक्ने चोरी र डकैती नियन्त्रणका लागी हाइवे स्कर्टिङ गर्न २६ वटा टिम परिचालन
गरिएको छ ।

चाडपर्व सुरक्षाका लागी १२६ वटा टोलीले मोबाइल पेट्रोल र २१२ टोलीले पैदल मार्फत पेट्रोलिङ गर्नेछन् ।

चाडपर्वमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमा नाकामा तालिम प्राप्त कुकुर र ड्रोन क्यामेराको
प्रयोग गर्ने भएको छ ।

सीमाबाट हुनसक्ने तस्करी नियन्त्रण गर्न ८६ वटा टिम बनाएर परिचालन
गरिने छ ।

सुरक्षा योजना असोज १५ बाट कार्तिक २५ सम्म लागु गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles