Wednesday, October 22, 2025

घुमुवा भन्दै पैसा असुल्ने लागु औषधसहित यादव पक्राउ :

ताजा / भरखरै प्राप्त

नव जनप्रहार संवाददाता । जिल्ला राैतहट
आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएर
विभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ
गरेका छन् ।
पक्राउ पर्नेमा परोहा नगरपालिका २ का ३५
वर्षीय सुनिल कुमार बैठा
रहेका छन् ।
स्थानीय परोहा-२ लालबकैयाका ३५ वर्षीय बैठाले बाटोमा बसी
स्थानीय व्यापारीहरूलाई म एसपीको घुमुवा प्रहरी हुँ
भनी धाक धम्की दिँदै पैसा
असुल्दै छ, भने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख
डीएसपी राजन कार्कीको कमान्डमा गएको प्रहरी
टोलीले आइतबार साँझ पक्राउ गरेको थियो ।
बैठालाई नियन्त्रणमा लिएर
चेकजाँच गर्दा उनको साथबाट २२ पोका गाँजा
२०० ग्राम, नाइट्रोभेट
ट्याब्लेट १० पिस, cocas DX-१ बोटल,
मोबाइल थान १, नगद १७ हजार, ९३५ रुपैयाँ र
प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी
प्रवक्ता डिएसपी ले बताएका छन् ।
हाल बैठा इलाका प्रहरी
कार्यालय गरुडाको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख
गरिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles