
पर्सा जिल्लाकाे अमरपट्टि नाकामा सशस्त्र प्रहरी बिओपीको प्रमुख र नेपाल प्रहरी चाैकीको संरक्षणमा अवैध मदिरा ४ ठाउंमा उत्पादन भैरहेकोमा
पटकपटक समाचार आए पछि जिल्ला प्रहरीले थाह पाएपछि कार्वाही
गरेको छ ।
अमर पट्टि प्रहरी चाैकीका सई. रन्जन सिंह, पोखरियाको घुमुवा सिरिलाल र सशस्त्रको प्रहरी प्रमुखकाे मिलोमतोमा कुखुराको चल्ला, कपडा, धान, प्याज, अवैध घरेलु मदिरा उत्पादन र सिल प्याक बियर कस्तुरी लगायतको सामान तस्करी भई राखेको छ, समाचारमा आएपछि अवैध मदिरा भठि नष्ट गरेको हो ।
इ.प्र.का. पोखरिया को मातहतमा रहेको अमरट्टि तस्करीको नाका बाट इ.प्र.का. का घुमुवा सहायक हवल्दार सिरिलाल मन्डलको सहयोगमा अवैध मदिरा उत्पादन र तस्करी भएको थियो।
तस्करी गर्नेहरूको संदिप, टुना, अमरदेव, पिन्टु, मुना, अवैध घरेलु मदिरा उत्पादन गरेका थिए ।
र राजकुमार,ईन्दल, बद्री, रहमान, जीउत, लगायतका तस्करहरूले यो नाकबाट तस्करीको समान दसगजा वारपार गराउने जिम्मेवारी लिएका थिए ।
आज, मिति २०८१/०७/०९/गते – बिहान ४:५५ बजे,जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त भठि नष्ट गरेको हो ।
प्रहरीले नष्ट गर्दै तयार अवस्यतामा रहेको लगभग ५००, लिटर मदिरा र ७५ लिटर कच्चा पदार्थ पोखी नष्ट गरेको प्रहरीले बताएका छन् ।