Wednesday, April 22, 2026

गरुडाका जयसवाल द्वारा मेयर कप विजेता,उप विजेता लाई बधाई ;

ताजा / भरखरै प्राप्त

हिन्दु हरुको महान पर्व वडा दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सुरु भएको मेयर कप प्रीमियर लिग सिजन-३ आज भब्य रुपमा सम्पन्न भएको छ ।

गरुडा नगरपालिकाको प्रत्येक वडा बाट एउटा-एउटा टिम र आयोजक टिम गरि कुल १० वटा टिमको प्रतियोगितामा रहेको खेलमा वडा नं. २ को टोलीले आज बिजयी भएका छन् ।

भन्ने दोस्रो हुने वडा नं. ८ को टिमलाई गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमणी प्रसाद जयसवाल प्रथम र दोस्रो टिम लाई धेरै-धेरै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मेयर कप सिजन- ३ को क्रिकेट खेलमा नगर प्रमुख जयसवालले
बोल्दै खेललाई खेलाडीजरूले
निरन्तरता दिएमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा आफ्नो र देशको पहिचान दिलाउन सक्छ ।
खेल अनुशासन,
मित्रता र एकताको भावना समेट्ने माध्यम भएकोले खेल समाज सुधारको एउटा माध्यम बन्न
सक्ने विस्स रहेको बताएका छन् ।
यसका लागि खेलाडीहरुले पनि आफूले कसको लागि र के का लागि खेल्ने हो भन्ने सदैव हेक्का राखी अगाडि बढे जिवनमा
अझ बढी सफलता हात पार्न सकिन्छ यसमा गरुडा नगरपालिकाको निरन्तर सहयोग रहने छ ।
भन्ने मेरो प्रतिबध्दता रहेको छ ।
साथै म्यान अफ द सिरिज हुनु भएका धर्मेन्द्र साह ,बेस्ट बलर नवराज सहनी,बेस्ट ब्याट्सम्यान अरबिन्द चौधरी ,
बेस्ट फिल्डर राम किसुन मुखिया लगायतकालाई उज्ज्वल भविष्यको
कामना गर्दै गरुडा नगरपालिकाको सहयोग तथा युथ क्लव अफ रौतहटको आयोजनामा भएको खेलमा सम्पन्न गराउनु भुमिकासथ खेल्नु हुने सम्पुर्णमा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले
धन्यवाद समेत व्यक्त
गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles