नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनु भएको छ ।
अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको पनि दाबी गर्नुभएको छ ।
उहाँले सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै सरकार निर्माणको उद्देश्य नै गलत रहेको जिकिर गर्नुभयो ।
‘सरकार असफल नै छ । तर फेरि सरकार त
बनेकै छ ।
मैले यो कुरा पनि भनेको छु कि सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् र सकारात्मक काम गरेर जाओस् भन्ने छ,’
उहाँले भन्नुभयो, ‘यो सरकार अहिले नै
ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन ।
किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ ।’
वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताउनु भयो ।
अध्यक्ष दाहालले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय
नरहेको बताउनु भयो ।
सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित
नदेखिएको दाहालको दाबी छ ।
अध्यक्ष दाहालले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव
दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गर्नुभएको छ ।


