
नेपाल प्रहरीका २२९ जना वरिष्ठ हवल्दारहरू प्रहरी सहायक निरीक्षक
(असई) पदमा बढुवाका लागि सिफारिस
भएका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई असई पदमा बढुवा गर्न सिफारिस
गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम २२९ जना
वरिष्ठ हवलदारहरूलाई असईमा बढुवा गर्न सिफारिस गरिएको
प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


