Tuesday, January 27, 2026

आजदेखि काठमाडौं धरहराचढ्न पाइनेले पैसा तिर्नु पर्छ,

ताजा / भरखरै प्राप्त

आजदेखी धरहरा चढदा नेपालीले २००, सार्क राष्ट्र बाहेकका बिदेशीले एक हजार शुल्क तिर्नुपर्ने भएको छ ।
आज आइतबारदेखि धरहरा चढ्दा पैसा तिर्नुपर्ने भएको छ ।
परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न अब पैसा लाग्ने भएको हो ।स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।उक्त प्रस्ताव स्वीकृत भएसँगै यही आइतबारदेखि धरहरा चढ्दा उल्लिखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles