Wednesday, October 22, 2025

मधेस प्रदेशको गृहमन्त्रीज्यु भन्नु हुन्छ ;

ताजा / भरखरै प्राप्त

मधेश प्रदेशका गृहमन्त्रीज्यु भन्छन्-
म एउटा प्रहरी चौकीमा पुगें, प्रहरीहरु निदाइरहेका,र सुतिरहेका थिए देखिन्छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन भएको अनुभूति गर्न नसकेको बताएका छन् ।बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भए पनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो देशमा प्रहरी प्रशासन त छ
तर त्यसको उपस्थिति समुदायले अनुभव गरिरहेको छैन ।
हिजो नौ बजे म एउटा प्रहरी चौकीमा पुगें, प्रहरीहरु निदाइरहेका, सुतिरहेका थिए ।’
‘हामी लैंगिक हिंसाको अन्त्यको कुरा गर्दैछौं । हाम्रा सुरक्षाकर्मीहरु पनि त्यत्तिकै जिम्मेवार छन्,
यो विषयमा ।
तर उनीहरुको अवस्था हिजो हेर्दा उदेक लाग्यो,’ उनले थपे ।
अहिलेकै जस्तो अवस्था रहीरहे सुरक्षाका लागि बजेट किन दिने भनेर समेत उनले प्रश्न गरे ।
सशस्त्र प्रहरीको कामबाट आफू सन्तुष्ट भएको तर नेपाल प्रहरीको अवस्था लाजमर्दो भएको बताउँदै मन्त्री लेखीले भने,
यस्तै हो भने सुरक्षा निकायका लागि हामीले बजेट किन दिने ?’ढल्केबरबाट पूर्वतिर सप्तरीसम्म पुग्ने क्रमा प्रहरीको अवस्था देखेर आफू आश्चर्यचकित
भएको उनले बताए । त्यसपछि डिआईजीलाई फोन गरेर तुरुन्तै बैठक बोलाउन आफूले भनेको उनले जानकारी दिए ।
लैंगिक हिंसा र समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय पनि जिम्मेवार बन्नुपर्ने बताएक हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles