Sunday, October 19, 2025

नेपाल आइपुगे शिखर धवन:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा अनुबन्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।
शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए ।
३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन्। उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन्।कर्णालीको पहिलो खेल आगामी सोमबार जनकपुर बोल्टसँग छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles