




सर्लाही नाकामा केही दिनदेखि बन्द रहेको तस्करी पुनः सर्लाही नाकाबाट फेरि तस्करी धन्दा शुरू भएको छन् , बुझिएको छ।
दुई साता सम्म रोकिएको तस्करी फेरि शुरू भएको हो ।
नेपाल प्रहरीको हिरापुर प्रहरी चौकीको संरक्षण र सेटिङमा यहाँबाट तस्करी
भैरहेको छन् ।
भनेको रकम नदिएको भन्दै कपडाको तस्करी गर्दै आएका राजेश साह , श्याम साहलाई स्थानीय चौकी प्रमुख सई बैझनाथ दास र उनले आर्थिक कारोबार
गर्न परिचालन गरेका घुमुवा हवल्दार सन्तोष कुर्मीले निकै दुख दिने गरेको उनीहरू तस्कर समुहले बताएका छन् । उनीहरू बाहेक अरू एक दर्जन कारोबारीहरूलाई तस्करीको लाइन दिएपछि यहाँबाट ठूलो मात्रामा तस्करी चलिरहेको छ । पर्सामा कार्यरत रहंदा बदनाम मात्रै नभएर असुलीमा संलग्न रहेको भेटिए पछि,
तत्कालीन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको पालामा उनी निलम्बनमा समेत परेका थिए ।
उनले घुष मागेको अडियो सार्वजनिक भएको थियो ।
उनले आंफै र चार बर्षदेखि यहाँ घुमुवा रहेका हवल्दार कुर्मी मार्फत आर्थिक कारोबार गर्दै आइरहेका छन् ।
उनले अहिले केही एआइजिपी र डिआइजीको नाम समेत भजाउंदै आएका छन् ।
त्यसैगरी सर्लाहीकै गडैता स्थित प्रहरी चौकीका सई. धर्मेन्द्र कुमार साहले एक जना तस्करसँग रकम लिएको स्वीकारेका छन् । सीमावर्ती नाकाबाट तस्करी धन्दा गर्दै आएका
सद्दाम अखारीको सामान पक्राउ गरेर १५ हजार रूपैयाँ लिएर छाडेका छन् ।
सामान पक्राउ गरेपछि
उक्त सामान छोडिदिने शर्तमा उक्त लिएको कारोबारी सद्दामले सार्वजनिक गरेका छन ।
सई.साहले पनि सामान पक्राउ गरेको र रकम लिएको स्वीकार्दै उक्त रकम अफिसको लागि लिएको बताएका छन् ।
उनले पनि आर्थिक कारोबार गर्न प्रहरी सहायक हवल्दार संजय भगत मालीलाई घुमुवाको रूपमा परिचालन गरेका छन् ।
यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ र संरक्षणमा अहिले त्रिभुवननगर, गोरख काली, नारायणपुर , बलरा , संग्रामपुर , मधुवन गाउँ , बहादुरपुर , फेन्हारा , खुटौना र भांडसरबाट पनि तस्करीको धन्दा शुरू भएको छ, स्थानीयले बताउँछन् ।