Wednesday, April 22, 2026

परासी तस्करी गरेर भित्राएकाे माेवाइल बरामद ;

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बलको टोलीले पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर नेपाल ल्याइएको १७ लाख बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बर्दघाट नगरपालिका-८ स्थित एक घरमा छापा मारेर सामान बरामद गरेको हो ।
गोदामको रुपमा प्रयोग गरिएको घरमा अवैध सामान भण्डारण भएको सूचनाको आधारमा छापा मार्दा विभिन्न ब्रान्डका मोबाइलमा प्रयोग हुने सामान, घडीजस्ता सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रमुख प्रकाश वाग्लेले बताए ।
बरामद भएको सामान महेसपुर भन्सार कार्यालयमा बुझाइने छ । विभिन्न १४ प्रकारका सामान छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles