राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा आज ६ घण्टाभन्दा बढी बयान गराइएको हो ।लामिछानेलाई बयानका लागि बिहान साढे ९ बजे सरकारी वकिल कार्यालय लगिएको थियो।लामिछानेसँग परिसरका अनुसन्धान अधिकारी डिएसपी हरि खतिवडा र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन्। लामिछानेसँग बयान लिने काम करिब आधा सकिएको छ।
दिउँसो साढे तीन बजे सभापति लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा फर्काइएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ ।
२ कात्तिकमा प्रहरीले पक्राउ गरेक लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।
आज बयान नसकिएपछि उनलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा
लगिने छ ।