Sunday, May 17, 2026

जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

सुर्खेत-जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।
जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी
प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।
दुर्घटनामा २ जना घाइते भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles