Tuesday, April 1, 2025

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो । कर्णालीका जयकिशन कोल्सावालाले ५३ र विलियम बोसिस्टोले ५२ रन बनाए ।
३९ बल खेलेका कोल्सावालाले ६ चौका र दुई छक्का प्रहार गरे भने ३९ बल नै खेलेका
बासिस्टोले तीन चौका र
दुई छक्का प्रहार गरे ।चाड्विक वाल्टनले ४६ रन बनाए ।
त्यसअघि जीसन मक्सूद १४ रन बनाएर आउट भए । रित गौतम डकआउट हुँदा गुल्सन झाले खाता खोल्नै
सकेनन् ।
चितवनका सोहित तान्विरले दुई विकेट लिँदा शरद भेस्वाकर, रवि बोपारा र कुशल मल्लले एक/एक विकेट लिए ।
आजको खेल जित्ने टोलीले क्वालिफायर २ खेल्ने छ भने हार्ने टीम बाहिरिने छ ।
एलिमिनेटर जित्ने टिमले क्वालिफायर १ मा हार्ने टिमसँग खेल्ने छ ।
त्यो क्वालिफायर २
हुने छ ।
क्वालिफायर २ मा जुन टिमले जित्छ त्यो फाइनलमा पुग्ने छ ।

क्वालिफायर–१मा दिउँसो सवा १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।
क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ ।
पुस ६ गते एनपीएल पहिलो संस्करणको फाइनल हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles