
प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दारहरु राम बहादुर चम्रकार, सविना पोखरेल, रामचन्द्र प्रसाद यादव, दिपक लुंगेली, चिज कुमार श्रेष्ठ, बलराम भुजेल, सोम प्रसाद चौलागाई, विनय प्रसाद चौधरी, बिकास कुमार पासवान, लेखनाथ अधिकारी, अम्मर बहादुर गुरुङ, नागमा कुमारी चौधरी, चित्र बहादुर घर्ति मगर र बम बहादुर चौधरीलाई मिति २०८१।०९।०९ गते कार्यालय प्रमुख प्रहरी उपरीक्षक बिश्वराज खड्काले बधाई एवं शुभकामना सहित दर्ज्यानी चिन्हद्धारा सुशोभन गरिदिनु भई थप जिम्मेवारीका साथ काम कारवाही गर्न र गराउन हुन भनि अमुल्य निर्देशन
समेत दिनु भएको छ ।
साथै उक्त कार्यक्रममा प्रहरी निरीक्षक तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।


