Wednesday, January 8, 2025

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका ८ वटै जिल्लाबाट अन्त जिल्लामा सरुवा भएका प्रहरीहरू मधेस प्रदेशमा नै अडा जमाएर बसेका छन् , देखिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनलाई लत्याउँदै दर्जनौं सई र बरिष्ठ सईको अडान पर्सा, बारा, राैतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, जिल्लामा सरुवा भएको महिनौं बितिसक्दा पनि दर्जनौं प्रहरी नायब निरीक्षक
(सई) र बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) कार्यालय छोड्न अस्वीकार गरी अडान जमाएर
बसेका छन् ।
प्रहरी प्रधान कार्यालयले मंसिर १४ गतेको निर्णयअनुसार सई र बरिष्ठ सईहरूको सरुवा तथा कामकाजको लागि सूचना जारी गरे पनि उनीहरूले निर्देशनको पालना
नगरेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयको सूचनामा नयाँ दरबन्दीमा हाजिर भएर तलब, भत्ता लगायतका सेवा सुविधा लिन भनिएको थियो । साथै, सूचनालाई कार्यान्वयन गराउन सम्बन्धित कार्यालयहरूलाई पत्राचारसमेत गरिएको थियो।
तर, अन्त जिल्लामा सरुवा भइसकेका प्रहरीहरूले उक्त पत्रको पालना नगरी पुरानै दरबन्दीमा कार्यरत रहन खोजेको र यसलाई सुधार्न कुनै प्रभावकारी कदम नचालिएको बुझिएको छ ।

मधेसकै जिल्ला नै किन स्रोतका अनुसार, मधेसको जिल्ला भौगोलिक रूपमा व्यापारिक नाकासँग जोडिएको क्षेत्र भएकाले तराईका प्रहरीहरू आर्थिक फाइदाका लागि नै रहन चाहन्छन् बताइएको छ । यो समस्या समाधानका लागि प्रहरी प्रधान कार्यालयले चाँडै कदम चाल्न आवश्यक
देखिएको छ।
सम्बन्धित निकायले यस विषयमा ध्यान दिन आवश्यक रहेको प्रहरीहरूले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles