Tuesday, April 21, 2026

८० वर्षीय हजुरबुवालाई कुटपिटगरेकोमा नातिनातिना पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सामा हजुरबुवालाई कुटपिटबाट घाईत बनाएको आरोपमा नाति-नातिनी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय काबुल देवान पक्राउ परेका छन्।

उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताएका छन् ।
उनीहरूले ८० वर्षीय हजुरबुवा रमजान देवानको सोमबार राति कुटपिट
गरी हत्या गरेको लम्सालले बताएका छन् ।

वाइफाईको बिसयमा घरायसी विवाद भएको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रमजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज पुर्‍याइएको थियो ।

उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले
बताएको हो ।

‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा
खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको बिरगंज अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’

लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति-नातिनीलाई अह्राएका थिए ।
किन बन्दै गर्ने भन्दै नाति-नातिनी हजुरबुवामाथि खनिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भएका छोराछोरीलाई पनि प्रहरीले
पक्राउ गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles