कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका–२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ।
यसैगरी, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट ३० वर्षीय प्रकाश शर्मालाई १६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
कैलालीकै भजनी नगरपालिका–३ कुसुमघाटबाट जोशिपुर गाउँपालिका–७ का ३० वर्षीय तेजबहादुर मौनीलाई ५४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवा क्षेत्रबाट २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरीलाई ८६० मिलिग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। त्यसैगरी, बेलौरी नगरपालिका–१० दर्सिखल्ला क्षेत्रमा शंकास्पद रूपमा चलिरहेको सुप्रप्रदेश ०२–००३ प २३७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक ३२ वर्षीय ईश्वर डगौरा र पछाडि सवार २५ वर्षीय आकाश डगौरालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट १० ग्राम ५२० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


