Tuesday, September 16, 2025

सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना:-

ताजा / भरखरै प्राप्त

सुनसरीको बराहक्षेत्रमा उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटनामा परेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा मंगलबार साँझ सवा ५ बजेतिर उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवार कार दुर्घटनामा परेको छ ।

दुर्घटनामा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छन् ।काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीका अनुसार रेग्मीको अवस्था मध्यम र खनालको गम्भीर रहेको छ । न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles