Thursday, October 16, 2025

नेपाल एपीएफ महिला फुटबल खेलाडीहरुलाई सम्मान:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘एन्फा महिला लिग फुटवल–को उपाधी जित्न सफल नेपाल एपीएफ क्लवका महिला फुटवल टिम तथा अफिसियलहरुलाई माघ १८ गते प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गर्नुभएको छ ।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्नुभएको हो ।
प्रतियोगितामा नेपाल एपीएफ क्लवका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए ।
यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लवका महिला फुटवल टिमले एन्फा महिला लिग फुटवलको उपाधी जित्न सफल भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles