Thursday, March 13, 2025

जनयुद्ध दिवसको शुभकामना दिँदै प्रचण्डले भने –जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भएको छैनकाठमाडौँ ।

ताजा / भरखरै प्राप्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धले व्यवस्था बदले पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भई नसकेको बताएका छन् ।जनयुद्धको ३० औँ वर्षगाँठको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा बाँकी नै रहेको बताएका हुन् ।जनयुद्ध नभएको भए अधिकारप्रतिको जागरण, प्राप्ति र अभ्यास सम्भव नहुने उनको तर्क छ। उनले भनेका छन्,‘जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ।जनताले चुनेका प्रतिनिधिहरूबाट संविधान बनेको छ र शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको छ।

सिंहदरबारमा मुट्ठीभर उच्च सम्भ्रान्त वर्गका हातमा रहेको शक्ति गाउँघरमा पुगेको छ। देशमा तीन तहको सरकारको स्थापना भएको छ।राज्यसत्तामा समानुपातिक समावेशिता सुनिश्चित भएको छ। धर्मनिरपेक्षता कायम भएको छ। आज शासनका हरेक तहमा महिलाहरूको प्रतिनिधित्व अनिवार्य भएको छ। दलितहरूको उपस्थिति सम्भव भएको छ। जनयुद्ध नभएको भए यसखालको अधिकारप्रतिको जागरण, प्राप्ति र यसको अभ्यास सम्भव थिएन।’उनले संघीयता अझै संस्थागत भइनसकेको जनाएका छन्। संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा रहेको प्रचण्डको भनाई छ । नव जनप्रसरबाटसाभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles