पाठ्यक्रममा मात्रै आधारित भएर पढाइ सिकाइको माध्यम प्रभावकारी हुन नसक्ने मान्यतालाई आत्मसात गर्दै विध्यालयहरुले अहिले विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेका छन् । काठमाडौं महानगरपालिकाले बुक फ्री फाइडे र स्टिमका विभिन्न कोर्सहरु सञ्चालन गरिरहेको छ । त्यस्तै गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्द इन्टरनेशनल स्कुलले पनि विद्यार्थीलाई विभिन्न देशका सांस्कृतिक, राजनैतिक र रहनसहनका पद्दतिबारे ज्ञान दिनको लागि “इन्टरनेशनल डे” को आयोजना गरेको छ । विद्यार्थीहरुलाई समुहमा विभाजन गरेर संयुक्त राष्ट्रसंघमा दर्ता भएका देशहरु मध्ये ५० वटा देश झल्काउने स्टलहरु राखिएका छन् ।
यसका साथै संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय सहायता सम्बन्धि संस्थाका स्टल पनि राखिएका छन् ।