प्रेमचन्द्र झा
फाल्गुन १६ गते-राैतहट । भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाण्डाैको आर्थिक सहयोग तथा नेपाल निर्माण व्यवसायी महासंघद्वाराआयोजित
कन्ट्रक्सन मैनेजमेन्ट सम्बन्धि दुई दिने तालिम शुक्रबार सिया पैलेस होटेल गाैरमा सम्पन्न भएकाे छ। तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै महासंघका केन्द्रीय सह कोषाध्यक्ष सन्तोष साहले सिकेका कुरा व्यहारमा उतार्न अनुराेध गरेका थिए । नेपाल निर्मांण व्यवसायी संघ राैतहटका अध्यक्ष कृष्णदेव यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा
बारा जिल्ला अध्यक्ष सुरेन्द्र जयसवाल ,
प्रदेस सदस्य विकास विक्रम नेपाल ,उपाध्यक्ष उपेन्द्र यादव ,प्रमोद कुसवाहा ,विक्रान्त नेपाल, अरविन्द जयसवाल, प्रमाेद यादव, सराेज यादव,राजेश झा ,ईन्जिनियर आशुतोष कुमार सिह,निर्मल अर्याल सहितका वक्ताले राष्ट्र निर्माण का अभिभारा बाेकेका सम्पुर्ण निर्माण व्यवसायीका हितमा यस्ता कार्यक्रम गरि राख्न सुझाव दिएका छन । तालिमका प्रशिक्षक प्राध्यापक राजेन्द्रप्रसाद अधिकारीले भेरीएसन,ठेक्का अन्त,भ्याट ,टिडिएस, बैक ग्यारेन्टी, मेजरमेन्ट, ठेक्का राखि राख्ने औचित्य लगायत विषयमा प्रशिक्षण दिएका थिए । उक्त तालिममा राैतहटका सतरी जना निर्माण व्यवसायीको सहभागीता रहेको थियो।