Saturday, March 15, 2025

बसभित्र पाकेटमारीगरेकोमा समातिए दसजना युवा:-

ताजा / भरखरै प्राप्त

काठमाडौंमा बसभित्रै पाकेटमारी गरेको आरोपमा १० जनालाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको कलंकीबाट बसपार्क जाँदै गर्दा फागुन १२ गते ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो ।
उनको साथमा रहेको ५० हजार रुपैयाँ पाकेट मारेर एक समूह फरार भएका थियो ।

पक्राउ पर्नेहरुमा उनीसँगै काभ्रेको बेथानचोक गाउँपालिका–६ का ३२ वर्षीय सुमन मगर, धादिङका २७ वर्षीय बिदुर कमल, धादिङकै विवेक ढुंगाना छन् ।
त्यसैगरी सिन्धुपाल्चोकका विकास तामाङ, काभ्रेका सनबहादुर तामाङ, सिन्धुलीका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, काभ्रेका प्रकाश लामा र काभ्रेकै कसाङ तामाङ रहेको छन् । उनीहरुविरुद्ध प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles