राैतहटमा जंगली बदेल (सुंगुर)को लागि मार्ने पासोमा करेन्ट लागेर एक जना महिलाको मृत्युु भएको र शव लुकाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटमा मृत फेला परेकी ५० वर्षीय महिला फुलमतिया देबीको मृत्यु जंगली (सुंगुर बदेल) मारनको लागि नांगो तार तानी करेन्ट प्रबाह गराइ छाडेको अबस्थामा सोही बाटो भइ मृतक महिला आफ्नो घर तर्फ फर्किने क्रममा सोही तारमा टाँसिन गई करेन्ट लागी मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेमा जिल्ला राैतहट वृन्दावान नगरपालिका–१ निवासी सुशिल विश्वकर्मा र जितेन्द्र पटेललाई राैतहटका प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु गरी घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमेरे आज पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।
राैतहट प्रहरीले तालिम प्रप्त कुकुरको सहयोगमा खोजी गर्दा फुलमतिया देवीको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले बताउँछन् ।
राैतहटको बृन्दावन नगरपालिकाको बडा नं १ बलेरी खोर स्थित जंगलमा लास गाडेको अवस्थामा फुलमतिया देबीको शव फेला परेको थियो, राैतहटका प्रहरीले बताएका छन् ।


