Monday, April 7, 2025

सशस्त्र प्रहरी पर्साद्वारा सुन र चाँदीसहित भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

बिरगञजका सशस्त्र प्रहरी पर्साद्वारा तीन जना भरतीय नागरिक सुन र चाँदीसहित पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, पर्साका मातहतमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले विशेष सूचनाको आधारमा सुन,चाँदीसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६, वीरगञ्ज भन्सार कार्यालयको परिसर बाहिर चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको भनाईं रहेको छ ।
पक्राउ परेका भारत, पश्चिम बंगालको रहेका छन्। उनीहरू नेपालका विभिन्न सुनचाँदी पसलबाट ग्राहकको अर्डरअनुसार सुनका गरगहना बनाउने नाममा सुन संकलन गरी फरार भएको सूचनाको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles