Friday, April 18, 2025

साढे ११ बजेको फ्लाइटमा प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदै:-

ताजा / भरखरै प्राप्त

दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ ।प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो ।प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles