Thursday, April 16, 2026

पर्सा प्रहरीद्वारा लागु औषध कारवारी दुई जाना युवा पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला पर्सा जिराभवानी गा.पा. ३ नौका चोक स्थित हुलाकी सडक खण्डमा तालुक इ.प्र.का.पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का. सेढवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले सवारी साधन तथा पैदल यात्रीहरु रोकी चेकजाँच गर्ने क्रममा सुवर्णपुरबाट बिरगंज तर्फ आउँदै गरेको ना १२ प २१०६ नं. को मो.सा.लाई चेकजाँच गर्दा मो.सा.चालक जिल्ला पर्सा जिराभवानी गा.पा.५ बस्ने शेषनाथ प्रसाद रायको छोरा अं. बर्ष २५ को दिलिप प्रसाद राय र पछाडी सवार ऐ.ऐ. बस्ने राम प्रवेश खाँ थारुको छोरा अं.बर्ष २२को राज बिद्या प्रसाद खाँ थारुले मो.सा.मा चामलको बोरा भित्र NITRAZEPAM लेखिएको ८९ पतामा ८८६ पिस ट्याबलेट ला.औ.फेला पारी ला.औ.र मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको ई.प्र.का. पटेरवाका प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles