Monday, April 20, 2026

पर्साका बिरगंज महानगरमा तनाव:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंजमा धार्मिक सद्भाव भड्काएको आरोपमा पर्सा प्रहरीले बिरगंजबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीद्वारा पक्राउ परेकामध्ये दुई जना हिन्दु समुदायका र दुई जना मुस्लिम समुदायका रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका हिन्दु युवाहरूको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका गेट अगाडीमा धर्नामा बसेका हिन्दु युवा नेताहरूलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ । लाठीचार्जका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार अर्जुन गुप्ता घाइते भएका छन् । टाउकोमा चोट लागेका गुप्ताको अहिले वीरगञ्जस्थित नरायणी अस्पतालमा उपचार भैरहेको छ ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles