Monday, April 20, 2026

तस्करीको समाचार लेख्दा पत्रकारलाई ज्यान मार्ने धम्की:-

ताजा / भरखरै प्राप्त

वीरगञ्ज ६ जेठ । तराईका सीमावर्ती नाकाबाट भन्सार छलि चोरी पैठारी गरी काठमाडौं तर्फ ल्याइँदै गरेको तस्करीको मालसामान भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको थियाे । तर उक्त विषयमा समाचार प्रकाशित भएपछि पत्रकारमाथि ज्यान मार्ने धम्की आएको छ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसपी माधव बुढाथोकीका अनुसार बैशाख २७ गते शनिबार राति प्राप्त सूचनाका आधारमा भक्तपुरको जगाती क्षेत्रमा बा ४ ख ७६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। करिब ९ लाख रुपैयाँ बराबरको तस्करीको मालसामान साङ्गाबाट भक्तपुरतर्फ ल्याइँदै गर्दा ट्रकसहित बरामद गरिएको प्रहरीको भनाइ छ।

घटनासम्बन्धी समाचार नेपाल बहस डटकममा प्रकाशित भएपछि दुर्गा ट्रान्सपोर्टका सञ्चालक मदन गुप्ता उर्फ ‘रुन्चे मदन’ ले संवाददाता मुर्तुजा मियाँलाई मोबाइल नम्बर ९८४५५११९५० बाट फोन गरी गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन्।

पत्रकारमाथि भएको यस्तो अभद्र व्यवहार र आपराधिक धम्कीप्रति नेपाल बहसले गम्भीर आपत्ति जनाएको छ। प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि भएको यस प्रकारको आक्रमण अस्वीकार्य भएको र दोषीलाई कानूनअनुसार कडा कारबाही हुनुपर्ने नेपाल बहसको माग छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles