Tuesday, February 3, 2026

सिरहा कमला पुलको जीर्ण अवस्था:सर्वसाधारणको जोखीम यात्रा बाध्य:-

ताजा / भरखरै प्राप्त

कमला नदीमाथि रहेको झण्डै दशक पुरानो पुलको जीर्ण अवस्था र त्यसप्रतिको सम्बद्ध निकायहरूको बेवास्ताले सर्वसाधारणलाई ज्यानको जोखिममा पार्दै आएको छ। आवश्यक मर्मत–सम्भार नहुँदा पुलको अवस्थाबाट यात्रुहरू दिनप्रतिदिन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

पुलको ढलान भास्सिएको, फलामे पाटीहरू खिया लागेर भाँचिएका छन् भने कतिपय स्थानमा रेलिङ नै गायब भएको अवस्था छ। यस्ता संरचनागत कमजोरीका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा र महिलाहरूको यात्रा अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ।

बर्खा याम सुरु भएसँगै नदीमा पानीको बहाव बढ्न थालेको हुँदा जोखिम झनै बढेको छ। स्थानीयवासीहरूले पटक–पटक सरोकारवाला निकायहरूलाई लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।

यस प्रेस विज्ञप्तिमार्फत सम्बन्धित सरकारी निकाय, निर्माण तथा मर्मत विभागहरू, तथा स्थानीय तहलाई तत्काल पहल गरी पुलको मर्मत सम्भार र यात्रु सुरक्षाका लागि आवश्यक कदम चाल्न हार्दिक अनुरोध गरिन्छ।
न्युज: महमद इसलाम आलम
मधेश प्रदेश खवर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles