

सशस्त्र प्रहरी बल, नेपालका (डीआईजी) गणेश बहादुर ठाडा मगर एआईजीमा बढुवा सिफारिस भएका छन् । हिजो,बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
एआइजी बन्न ९ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा गणेशबहादुर ठाडा मगर र गिरीसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए ।


