
सशस्त्र प्रहरी बल नेपाल पर्साले लाखौंको तस्करीको समान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल पर्साद्वारा १३,०३,६००, रुपैया बराबरको तस्करीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल पर्साले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा, प्र.सि.सु.गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला पर्सा वीरगंज म.न.पा.-१० आदर्शनगर स्थित जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भित्र्याएर गोदाम गरी राखेको मूल्य रु.१३,०३,६००, बरावरको कपडा, चिनी, मरिच र चकलेट नियन्त्रणमा लिई आवश्यक कारबाहिका लागि पर्साका वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सशस्त्रका सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।


