Sunday, May 31, 2026

सशस्त्र प्रहरी पर्साले लाखौंको चक्लेट पक्राउ गरि भन्सार बुझायो:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीद्वारा चार लाखको अवैध चक्लेट नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

पर्साका बीरगञ्ज महानगरपालिका –८ गहवाटोलस्थित मुन्ना हवारीले सञ्चालन गरेको गाईगोठमा भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका विभिन्न प्रकारका चक्लेट, खजुर र स्प्रे पेन्टहरू भण्डारण गरी राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयका संयुक्त टोलीले गरेको छापामारीमा बरामद गरेको सामानको भन्सार मुल्य ४, लाख ८००,को चक्लेट रहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

पक्राउ गरेको चक्लेट पर्साका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles