Monday, February 2, 2026

श्रोत नखुलेको १३ लाख भन्दा बढी रकमसहित सिमराबाट एक पक्राउ:-

ताजा / भरखरै प्राप्त

बाराको सिमराबाट प्रहरीले श्रोत नखुलेको १३ लाखभन्दा बढी रकमसहित एक जनालाई बाराका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी बिजय महतोका छोरा २० बर्षिय सुरज कुशवाहालाई शंकास्पद आवस्तामा रोकी खनतलासी गर्दा कालो झोला भित्र लुकाई राखिएको ठुलो परिमाणमा नगद रकम फेला परेको बाराका प्रहरीले बताएको छ ।

सिमरा विमान स्थल तर्फ जाँदै गरेका कुशवाहालाई प्रहरीले रोकेर उनको झोला चेकजाँच गर्दा झोलामा १३ लाख ७ हजार ५ सय रुपैयाँ बरामद भएको सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीले बताएका छन् ।

फेला परेको रकम नेपाली १ हजार दरको १ हजार ६७ थान, पाँच सय दरको ४ सय ८० थान रहेको सय दरको ५ थान नोट गरी कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला पारेको सिमराका प्रहरीले बताए हो ।

कुशवाहाको साथबाट बरामद भएको रकमको श्रोत खुल्न नसकेपछि रकमसहित कुशवाहालाई नियन्त्रणमा लिइएको र बरामद भएको रकम हुण्डी कारोबारी रहेको हुनसक्ने र यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरक्षिक (डीएसपी) जोशीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles