पर्साका प्रहरीले २८ लाख २८ हजार नगदसहित तीनजनालाई पक्राउ गरेको पर्साका प्रहरीले बताउँछन् ।
पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका वडा नं. ४ का २८ वर्षीय दिपक कुमार सोनार, र पर्सा वीरगन्ज महानगरपालिका वडा नं. ३ का ३२ वर्षीय बिनित कुमार श्रीवास्तव तथा पर्सा कै पकहामैनपुर गाउँपालिका वडा नं. २ का ३० वर्षीय अनिल कुमार वर्णवाल रहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रले बताएको हो ।
हुण्डी कारोबार गैरकानुनी वित्तीय कारोबार अन्तर्गत पर्दछ, जसले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पार्ने भएकाले पर्साका प्रहरीले यस्ता गतिविधिमाथि कडाइका साथ निगरानी गरिरहेको पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी)किशोर लम्सालले बताइएका छन् ।


