Friday, July 4, 2025

तातोपानी नाकाबाट पहिलोपटक सतहमार्ग हुँदै हेलिकप्टर आयात:-

ताजा / भरखरै प्राप्त

नेपालको तातोपानी भन्सार नाकाबाट पहिलोपटकहेलिकप्टर आयात भएको छ। चीनको तियाजिन सहरस्थित एयरबस कम्पनीको उत्पादन रहेको हेलिकप्टर माउन्टेन हेलिकप्टर्स प्रालिले खरिद गरि ल्याएको हो । ४० फुटे टेलरमा राखेर सडकमार्ग हुँदै हेलिकप्टर नेपाल ल्याइएको हो ।तातोपानी भन्सारका प्रमुख अनिरुद्र थापाका अनुसार यो हेलिकप्टर चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हो र हाल भन्सार प्रक्रियामा रहेको छ । उक्त हेलिकप्टर बुधबार नेपाली सीमा क्षेत्रमा प्रवेश गरेको र अहिले भन्सार जाँचको प्रक्रियामा रहेको उनको भनाइ छ ।

भन्सार प्रक्रिया पूरा भएपछि हेलिकप्टर एक–दुई दिनमै काठमाडौं उडाइने तयारी गरिएको छ। माउन्टेन हेलिकप्टर्स प्रालिका रामचन्द्र भुसालले सतहमार्ग हुँदै हेलिकप्टर आएको यो पहिलो पटक हो । हेलिकप्टरको भन्सार महसुल करिब चार करोडभन्दा बढी पर्नेछ ।माउन्टेन हेलिकप्टर्सले चीनबाट पाँच वटा हेलिकप्टर खरिद गरेको छ, जुन सबै तातोपानी नाका भएर क्रमिक रूपमा काठमाडौं ल्याइने तयारी गरिएको छ । पर्यटन प्रयोजनका लागि ल्याइएका यी हेलिकप्टरको प्राविधिक निरीक्षणपछि काठमाडौं उडाउन मिल्ने जनाइएको छ,
नव जनप्रहारबाट सभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles