

सर्लाही जिल्लाका एसपीलाई फोनमा धम्की दिने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सर्लाहीका प्रहरीले पक्राउ गर्न खोज्दा डिएसपीको गाडी तोडफोड भएको छ ।
सर्लाही जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाहीका प्रहरीले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सरोज राईले जसपाका नेतालाई समाउन जादा स्थानीयहरुको ढुंगामुढाबाट जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुगेको बताएका छन् ।
सर्लाही:अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोन गरेर ‘लुटेरा’ को आरोप लगाएका थिए । अध्यक्ष यादवविरूद्ध जिल्ला अदालत सर्लाहीबाट आज शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।


