धनुषाधामको दुहबीमा सशस्त्र प्रहरी र तस्कर बीच भएको झडपमा सशस्त्र प्रहरीद्वारा ४ राउण्ड हवाई फायर भएको छ, ६ जना सशस्त्र प्रहरी घाइते पनि भएका छन् ।
भारतसँग सीमा जोडिएको धनुषाको दुहबीमा गएराति महासेठ भन्ने तस्कर र सशस्त्र प्रहरी बलबीच झडप भएको हो ।
तस्करीको सामान नियन्त्रणमा लिन गएको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीय तस्करहरुले सशस्त्र प्रहरी माथि आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो,
सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी प्रमुख (एसपी) निर्मल खड्काका अनुसार तस्करी गरिएको मालसामान गोदाममा राखिएको सशस्त्र प्रहरीले सूचना पाएपछि दुहबीस्थित चाचीको घरमा छापा मार्न गएका प्रहरीलाई तस्कर र स्थानीयको समूहले प्रतिरोध गरेको थियो,आत्मरक्षाका लागि प्रहरीले १२ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी एसपी खड्काले जानकारी दिएका छन् ।
आक्रमणमा परी ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीका धनुषाको जनकपुरधामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीका सुचना अधिकारी डीएसपी दिनेश सर्माले म आफै पनि घाइते भएको जनाएकाएका छन् ।
बाहीनि पत्ती (डीआईजी) ढकालको अनुसार घटनाको थप अनुसन्धान भइरहेको मधेस प्रदेशका बाहिनी पत्ती सशस्त्र प्रहरी प्रमुख (डीआईजी) कृष्ण ढकालले जानकारी गराएको हो ।


