Monday, February 2, 2026

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा तस्करी कपडा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा तथा मातहत कार्यालयहरुबाट र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले वीरगञ्ज महानगरपालिका – १ स्थित छपकैया तथा नदिया टोलका विभिन्न व्यक्तिहरुका घरहरुमा भारतबाट भन्सार छली लुकाई छिपाई चोरीपैठारी गरी अवैध रुपमा ल्याई भण्डारण गरी राखिको अवस्थामा मुल्य रु.१८,५५,३५०।- बराबरको कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पर्साका बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

पर्सा जिल्लाका महानगरपालिकाको वडा नम्बर १, छपकैयास्थित लीलावती देवीको एक तल्ले पक्की घरबाट करिब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ ।भारतबाट भन्सार छलेर नेपाल ल्याई अवैध रूपले भण्डारण गरी राखिएको सामान बरामद भएको हो ।
सशस्त्र प्रहरीको नंं १३ गण पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जस्थित बीओपी सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगन्जको संयुक्त टोलीले छापा मारेको थियो ।घरको २ वटा कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको दुई तल्ले पक्की घरमा छापा मारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles